अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : प्रभु साहको सचिवमा दाबी, प्रदेश २ लाई प्राथमिकता दिन माग

एमाले महाधिवेशन : प्रभु साहको सचिवमा दाबी, प्रदेश २ लाई प्राथमिकता दिन माग


चितवन – एमाले नेता प्रभु साहले १०औं महाधिवेशनबाट सचिव पद पाउनुपर्ने दाबी गर्नुभएको छ । सर्वसम्मत नेतृत्व चयनको गृहकार्य भइरहेका वेला साहले सचिवमा आफ्नो दाबी पेस गर्नुभएको हो ।

उहाँले केन्द्रीय पदाधिकारी र सदस्यमा प्रदेश-२ लाई प्राथमिकता दिनसमेत माग गर्नुभएको छ ।

‘साहले प्रदेश २ लाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटी बनाउन जोड गर्नुभएको छ  । सबैजसो प्रदेशबाट पदाधिकारी चयन हुने भए पनि प्रदेश २ बाट सम्भावना कम देखिएपछि पदाधिकारीमा प्रतिनिधित्व गराउनुपर्ने अध्यक्ष केपी ओलीसँग माग राख्नुभएको छ,’ उहाँनिकट एक नेताले भन्नुभयो । ती नेताका अनुसार एमाले केन्द्रिय कमिटीलाई समावेशी र समानुपातिक बनाउन पदाधिकारी, केन्द्रीय सदस्य, स्थायी कमिटी र पोलिटव्युरोमा मधेसी समुदायलाई प्रतिनिधित्व गराउनुपर्ने माग समेत साहले ओलीसमक्ष राखेको बताउनुभयो ।

रामबहादुर थापा ‘बादल’लाई उपाध्यक्ष र टोपबहादुर रायमाझीलाई सचिव पद दिने लगभग पक्कापक्की भए पनि साहलाई भने मधेसी समुदायको तर्फबाट प्रतिनिधित्व गराउन सचिव दिनुपर्ने माग साह निकटका नेताहरूले गरिरहेका छन् ।