अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्णायक छलफलमा अध्यक्ष ओली, केन्द्रीय सदस्यहरू सबै दोहोरिँदै

निर्णायक छलफलमा अध्यक्ष ओली, केन्द्रीय सदस्यहरू सबै दोहोरिँदै


चितवन – नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्व चयनका लागि अन्तिम छलफलमा लाग्नुभएको छ । उहाँले नेताहरू प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु पौडेल लगायतसँग छलफल गर्नुभएको छ।

छलफलका क्रममा नेतृत्वको सूची टुंग्याएर बन्द सत्रमा पेस गर्ने तयारी भएको छ । छलफल सकिएसँगै केही बेरमा अध्यक्ष ओली पार्क सफारीबाट बन्दसत्र हल रहेको सेभेन स्टार होटेलमा जाँदैहुनुहुन्छ ।

महासचिव पोखरेल र दलका उपनेता सुवास नेम्वाङ भने बन्दसत्र स्थल पुगिसक्नुभएको छ । प्रस्तावित सूचीमा ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष नै दाबी गर्दै आएका नेम्वाङलाई उपाध्यक्ष, महासचिवमा विष्णु पौडेल र महासचिव दाबी गरेका शंकर पोखरेललाई उपाध्यक्ष, उपमहासचिवमा प्रदीप ज्ञवालीको टुंगो लागिसकेको छ ।

नेताहरूका अनुसार केन्द्रीय कमिटीमा हाल रहेका एक सय ९६ जनालाई दोहोर्‍याउने र एक सय पाँच जना नयाँ ल्याउने गरी गृृहकार्य चलिरहेको छ ।