सौराहा – कोरोना संक्रमित नेकपा एमालेका नेता भीम आचार्यलाई अस्पताल भर्ना गरिएको छ । एमालेको १०औं महाधिवेशनस्थलमा रहेका नेता आचार्यलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको हो । केही दिनअघि संक्रमण पुष्टी भएपछि उहाँ सौराहास्थित सेभन स्टार होटलमा आइसोलेसनमा बस्नुभएको थियो।
आइसोलेसन स्थलमा नेता आचार्य चिकित्सकहरुको निगरानीमा हुनुहुन्थ्यो । तर, स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई थप उपचारका लागि एम्बुलेन्समा राखेर भरतपुर अस्पताल लगिएको हो ।
उहाँलाई ज्वरो लगायतका लक्षणहरु देखिएका छन् ।
प्रतिक्रिया