अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : ३०१ केन्द्रीय सदस्यको नाम घोषणा गर्ने सूची तयार  

एमाले महाधिवेशन : ३०१ केन्द्रीय सदस्यको नाम घोषणा गर्ने सूची तयार  


सौराहा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची बुझाएका छन् । स्रोतका अनुसार वर्तमान केन्द्रीय सदस्यहरुलाई निरन्तरता दिइएको छ भने अरु नाम मिलाएर थपिएको छ ।

सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो । ओलीले विहान १० बने बन्दसत्र राख्नुभएको थियो । तर बन्दसत्र रोकेर छलफलमा जुट्नुभएका उहाँले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा चार नेतालाई दिनुभएको थियो ।

अध्यक्ष ओलीले संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउन दिनुभएको हो ।

चार नेताले पार्क सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाउनुभएको हो । आफूहरुले पदाधिकारीसहित केन्द्रीय सदस्यको सूची तयार पारेर अध्यक्ष ओलीलाई बुझाएको सचिव गुरुङले बताउनुभयो ।

अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ ।