चितवन – नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताउनुभयो ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने पनि बताउनुभयो ।
अध्यक्ष ओलीले बोलाएपछि नेता बाँस्कोटा र सचेतक विशाल भट्टराई होटेलमा आउनुभएको थियो । उहाँहरू अध्यक्ष ओलीलाई भेटेर बन्द सत्र स्थल फर्किएका छन् ।







प्रतिक्रिया