अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस अधिवेशन : अछाम १ मा पुनः मतदान हुने

कांग्रेस अधिवेशन : अछाम १ मा पुनः मतदान हुने


अछाम – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत क्षेत्र नम्बर १ अछाममा पुनः मतदान हुने भएको छ । यही मंसिर ६ गते भएको निर्वाचनमा बढी मत खसेको भन्दै पुनः मतदान हुने भएको हो ।

चार दिनदेखिको रस्साकस्सीपछि पुनः मतदान हुने सहमति भएको हो । मंसिर १३ गते सोमबार पुनः क्षेत्रीय अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

अछाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका कूल ७ सय ६९ रहेकोमा ७ सय ४७ मत खसेको थियो । महाधिवेशन प्रतिनिधिको मतगणनाका क्रममा पहिलो मतपेटिका गणना भइसकेपछि दोस्रो मतपेटिका गणनाको क्रममा मतहरू रुजु गर्ने क्रममा ७ सय ७८ मत पुगेपछि विवाद उत्पन्न भएको थियो ।