चितवन – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विधि र पद्धति मिचेर सर्वसम्मत नेतृत्व चयन गरे आफूले महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिनुभएको छ ।
आफू अध्यक्षको उम्मेदवारी दिनबाट पछि नहट्ने अडान राख्दै नेता रावलले सर्वसम्मत गर्ने अडान अध्यक्ष ओलीले नछाडे महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिनुभएको हो ।
अध्यक्ष ओली सर्वसम्मतको अडान राख्दै अहिलेसम्म नेताहरूसँग छलफल गरिरहनुभएको छ । उता नेता रावलले पनि सर्वसहमतिका नाममा जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताउनुभएको छ । उहाँ दिउँसो दुई बजेबाट बन्दसत्र स्थलमै हुनुहुन्छ ।







प्रतिक्रिया