चितवन – नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको रेसबाट ब्याक हुने संकेत गर्नुभएको छ। उहाँले पार्टी एकता कायम हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउनुभएको छ ।
‘पार्टी एकता कायम गर्नुपर्छ । त्यही मेरो मान्यता हो । पार्टीको हितका लागि अध्यक्षले सही निर्णय लिनुहुन्छ भन्ने मेरो विश्वास छ,’ उहाँले भन्नुभयो ।
सञ्चारकर्मीले वरिष्ठ उपाध्यक्षको दाबी छोड्नु भएको हो भन्ने जिज्ञासामा नेता नेम्वाङले उम्मेदवारी एउटा सन्दर्भमा भएको बताउनुभयो । उहाँले अध्यक्षले पार्टीको हित र एकता कायम हुने गरी प्रस्ताव ल्याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । बिहानसम्म नेम्वाङ वरिष्ठ उपाध्यक्ष अडानमा हुनुहुन्छ ।







प्रतिक्रिया