अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बन्दसत्र ८ बजेबाट सुरु हुन्छ, पदाधिकारीको टुंगो लागिसक्यो : शेरबहादुर तामाङ

एमाले बन्दसत्र ८ बजेबाट सुरु हुन्छ, पदाधिकारीको टुंगो लागिसक्यो : शेरबहादुर तामाङ


चितवन – नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत बन्दसत्र ८ बजेबाट सुरु हुने भएको छ ।

एमाले केन्द्रीय कार्यालय प्रमुख शेरबहादुर तामाङले बन्दसत्र राति ८ बजेबाट सुरु हुने बताउनुभएको हो। उहाँले निर्वाचन भए आफ्नो दाबी सचिवमा रहे पनि अब नेतृत्वले जता राख्यो त्यतै बस्ने बताउनुभयो ।

‘चुनाव भएको भए मेरो दाबी सचिवमा हुन्थ्यो । अब जहाँ आवश्यक पर्छ त्यही राख्छन् । नेतृत्वलाई धेरै प्रेसर नदिऊ,’ उहाँले भन्नुभयो । उहाँले केन्द्रीय कमिटीको नाम कलस्टरवाइज मिलाउँदा ढिला भएको बताउनुभयो । यसका साथै उहाँले पदाधिकारीको नामावली विवाद रहित ढंगले टुंगिसकेको बताउनुभयो।

बिहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन । एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै दिनभर नेताहरूसँग छलफल गरेपछि अहिलेसम्म पनि बन्दसत्र चल्न सकेको हो ।