अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पदाधिकारीमा कुरा मिल्यो भन्ने अवस्थाउन्मुख छौं : प्रदिप ज्ञावाली

पदाधिकारीमा कुरा मिल्यो भन्ने अवस्थाउन्मुख छौं : प्रदिप ज्ञावाली


चितवन – नेकपा एमालेका नेता प्रदीप ज्ञावालीले दिनभरको आफूहरूको छलफल कुरा मिल्यो भन्ने अवस्था उन्मुख रहेको बताउनुभएको छ ।

कमिटीको सर्वसम्मत सूचिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निस्कने क्रममा ज्ञावालीले छलफल सकरात्मक रहेको बताउनुभएको हो ।

सञ्चारकर्मीले राखेको जिज्ञासामा ज्ञावालीले भन्नुभयो, ‘हामी कुरा मिल्यो भन्ने अवस्थामा छौं।

नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र अझै सुरु हुनसकेको छैन । यसअघि माइकिङ गरेर बेलुकी ७ बजे सुरु हुने भनिएको बन्दसत्र अब ८ बजे सुरु हुने भनिएको थियो । तर, साढे ८ बजिसक्दा पनि बन्दसत्र सुरु हुनसकेको छैन ।