अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : सहमति नभएका पदमा निर्वाचन, निर्वाचन तालिका सार्वजनिक

एमाले महाधिवेशन : सहमति नभएका पदमा निर्वाचन, निर्वाचन तालिका सार्वजनिक


 

काठमाडौं– नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।

अध्यक्षमण्डलको बैठक बसेपछि सौराहास्थित होटल सेभेनस्टारको बन्दसत्र हलमा सूची टाँसिएको हो।

एमालेले महाधिवेशनका लागि निर्वाचित र मनोनित प्रतिनिधिहरुको नाम प्रकाशन गरेको हो।

अध्यक्ष केपी शर्मा ओलीले सहमति गराउँदा नभएका पदमा भोलि निर्वाचन हुनेछ। त्यो निर्वाचनमा २३ सय १५ महाधिवेशन प्रतिनिधिले मत हाल्नेछन्।

सर्वसम्मतिका लागि असहमति भएमा तिनै पदमा चुनावी प्रतिस्पर्धा हुनेछ। खास गरी ओलीको सहमति प्रस्तावमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले असहमति जनाएका छन्।

एमालेले प्रकाशन गरेको सूचना अनुसार ११ बजे मतदाता नामावली प्रकाशित भएको छ।

त्यसपछि राति साढे ११ बजे नै उम्मेदवारको दरखास्त फारम वितरण भइसकेको छ। अब राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन तालिका छ।

यदि सर्वसम्मति नभएमा वा केही पदमा सहमति नजुटेको अवस्थामा सोमबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ।

एमालेमा अध्यक्ष ओलीको अधिकतम् इच्छा सर्वसम्मति हो। त्यही अनुसार उहाँले शनिबार बन्दसत्र हलबाट पदाधिकारी र केन्द्री कमिटी छान्ने अधिकार लिनुभएको थियो ।