अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको अनुशासन आयोगमा केशव बडाल, लेखा आयोगमा पुष्प कँडेल

एमालेको अनुशासन आयोगमा केशव बडाल, लेखा आयोगमा पुष्प कँडेल


काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले एमालेको अनुशासन आयोगको अध्यक्षमा केशव बडाल र लेखा आयोगको अध्यक्षमा पुष्प कँडेलको नाम प्रस्ताव गर्नुभएको छ ।

दुबै आयोग २५ २५ सदस्यीय हुने व्यवस्था एमालेको विधानले गरेको छ।

अध्यक्ष ओलीले महाधिवेशनको बन्दसत्रमा एमालेको केन्द्रीय समितिका पदाधिकारीसँगै बडालको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग र कँडेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोगमा रहनेको नाम पनि प्रस्ताव गर्नुभएको छ । ओलीले प्रस्ताव गरेका नाम हलबाट पारित भएको बताइएको छ।

अनुशासन आयोगमा ११ महिला र १४ जना पुरुष छन् भने लेखा आयोगमा ९ महिला र १६ पुरुष छन्।