अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन :  ट्रेड युनियन क्लष्टरका ६ जना निर्विरोध निर्वाचित

एमाले महाधिवेशन :  ट्रेड युनियन क्लष्टरका ६ जना निर्विरोध निर्वाचित


काठमाडौं – नेकपा एमालेको १०औं महाधिवेशनमा श्रमिक क्लष्टरका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नाममा अन्यले उम्मेदवारी नदिए पछि ट्रेड युनियन (श्रमिक) कोटाका सबै उम्मेदवार निर्विरोध भएको एमाले नेता रमेश बडालले जानकारी दिनुभयो ।

बिनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापासहित महिला कोटाका मञ्जुकुमारी थापा मगर र सीता लामा निर्विरोध निर्वाचित भएका हुन् । यद्धपी, निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गरेको भने छैन ।