अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेशबाट एमाले केन्द्रीय सदस्यमा २१ जना पर्दा, पदाधिकारी कोही परेनन्

कर्णाली प्रदेशबाट एमाले केन्द्रीय सदस्यमा २१ जना पर्दा, पदाधिकारी कोही परेनन्


सुर्खेत – चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा अध्यक्ष मण्डलले तयार पारेको सूचीमा कर्णालीबाट केन्द्रीय कमिटीमा २१ जना परे पनि पदाधिकारीमा भने कोही पनि परेका छैन् । यसअघि कर्णालीबाट केन्द्रीय सदस्यमा प्रतिनिधित्व गर्ने नेताहरूले यामलाल कँडेललाई केन्द्रीय पदाधिकारी बनाउन माग गर्दै आएउनुभएको थियो । तर, अध्यक्ष मण्डलले सार्जजनिक गरेको सूचीमा कर्णालीबाट कसैको नाम पनि परेन्।

कर्णालीबाट यामलाल कँडेल (सुर्खेत), गोरखबहादुर बोगटी (हुम्ला), धर्मराज रेग्मी (दैलेख),  निरज आचार्य (जाजरकोट), गुलाबजंग शाह (सल्यान),  विष्णु रिजाल (दैलेख),  नेशनल शाही नगेन्द्र (कालिकोट), दल रावल (हुम्ला), दीपा शर्मा रुपाखेती (सुर्खेत),  सीपी घर्तीमगर (रुकुमपश्चिम), मोहन बानियाँ (मुगु),  मिना रखाल (दैलेख), तीर्था गौतम (सुर्खेत), दक्षिणा शाही (कालीकोट),  मोहनमाया ढकाल (सुर्खेत), राजबहादुर बुढा (दैलेख), नवराज रावत (सुर्खेत), डम्बरबहादुर सिंह, सूर्यकुमारी श्रेष्ठ, भैरवसुन्दर श्रेष्ठ र लक्ष्मी पोखरेल केन्द्रीय सदस्यमा चयन भएका छ ।