अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : ३०१ भन्दा बढीको उम्मेदवारी परेपछि उम्मेदवारको नाम सार्वजनिक गर्न कठिन

एमाले महाधिवेशन : ३०१ भन्दा बढीको उम्मेदवारी परेपछि उम्मेदवारको नाम सार्वजनिक गर्न कठिन


चितवन – एमाले केन्द्रीय कमिटीमा अटाउने आकांक्षासहित केन्द्रीय कमिटीको आकारभन्दा बढीले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन समितिले उम्मेदवारको पहिलो सूची सार्वजनिक गर्न सकेको छैन ।

निर्वतमान अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको केन्द्रीय सदस्यका आकांक्षीको भन्दा बढी मनोनयन परेपछि निर्वाचन समितिलाई थप भएका उम्मेदवारको नाम फिर्ता लिन लगाएर मात्र उम्मेदवारको सूची सार्वजनकि गर्न दबाब परेको छ ।

निर्वाचन समितिका एक सदस्यका अनुसार अध्यक्षमा दुई जना, उपाध्यक्षमा सात जना र सचिवमा नौ जनाको मनोनयन परेको छ । केन्द्रीय सदस्यमा भने तोकिएको भन्दा निकै बढीको मनोनयन परेको उहाँले बताउनुभयो ।

उम्मेदवारको सूची सार्वजनिक गर्नुअघि उपाध्यक्षका एक जना र सचिवका दुई जना प्रत्यासीलाई मनोनयन फिर्ता लिन नेतृत्वले दबाब दिइरहेको छ । त्यसैगरी, केन्द्रीय सदस्यका आकांक्षीलाई पनि फिर्ताको दबाब परेका कारण निर्वाचन समितिले उम्मेदवारी दर्ता गराएकाको सूची सार्वजनिक गर्न नसकिएको जनाएको छ।

निर्वाचन समितिले १० बजे उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।