अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाधिवेशनस्थल छाडेर लालबाबु पण्डित काठमाडौंमा

महाधिवेशनस्थल छाडेर लालबाबु पण्डित काठमाडौंमा


काठमाडौं – नेकपा एमालेका नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशनस्थल छोडेर काठमाडौं आइपुग्नुभएको छ। पदाधिकारीका आकांक्षी पण्डितकको पदाधिकारी सूचीमा नअटाएपछि केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौं फर्किनु भएको हो ।

‘मैले पहिला नै पदाधिकारीबाहेक अन्य पदमा बस्दिन भनेर घोषणा गरेको थिएँ, सोहीअनुसार केन्द्रीय सदस्य त्याग गरेको हुँ,’ पण्डितले भन्नुभयो, ‘बिहानको खाना खाएर म अहिले काठमाडौं फर्किसकेको छु ।’ उहाँका अनुसार निर्वाचन समितिले उम्मेदवार दिने अवसर दिए पनि कुनै पनि कार्यकारी पदमा उम्मेदवार रहन भने अनिच्छुक भएकाले काठमाडौं फर्किएको हुँ ।