चितवन – नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको नामप्रति असन्तुष्टि जनाउँदै ‘थारु क्लस्टर’ मा जयप्रकाश चौधरीले उम्मेदवारी दर्ता गरेपछि सो समूहमा निर्वाचन हुने सम्भावना देखिएको छ ।
सो समूहमा प्रस्तावितमध्ये कुनै पनि थारु समुदायका उम्मेदवारले आफ्नो उम्मेदवारी समयसीमाभित्र फिर्ता नलिएको खण्डमा ‘थारु क्लस्टर’ मा आन्तरिक प्रतिस्पर्धा हुने लगभग देखिएको हो ।
तीन सय एक केन्द्रीय कमिटीमा थारु क्लस्टरवाट पाँच पुरुष र तीन महिला गरी आठ जना केन्द्रीय कमिटीमा अटाउने छन् । तर पुरुष ‘क्लस्टर’ पाँच पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष ओलीले प्रस्ताव गर्नुभएका बैजानाथ चौधरी, कृपाराम राना, गौरीशंकर थारु, नरुलाल चौधरी, बलबिरप्रसाद चौधरी तथा नयाँ उम्मेदवार जयप्रकाश थारुबीच प्रतिस्पर्धा हुनेछ ।
तर, महिला भने अन्य कसैको उम्मेदवारी नपरेकाले गंगा चौधरी सत्गौबा, सरस्वती चौधरी, मञ्जुकुमारी चौधरी निर्विरोध निर्वाचित हुने भएका छन् । निर्वाचन केन्द्रीय समितिले औपचारिक घोषणा भने गरिसकेको छैन ।







प्रतिक्रिया