अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : कर्णालीबाट तीन महिला निर्विरोध

एमाले महाधिवेशन : कर्णालीबाट तीन महिला निर्विरोध


चितवन – नेकपा एमालेको जारी महाधिवेशनबाट नयाँ नेतृत्वका लागि कर्णाली प्रदेशबाट महिलातर्फका तीनै जना उम्मेदवार निर्विरोध भएका छन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार कर्णालीका तीन जना महिला निर्विरोध भएका हुन् । तर पुरुषतर्फ भने प्रतिस्पर्धा हुने अवस्था छ ।

आयोगद्वारा सार्वजनिक सूचीअनुसार महिलातर्फबाट तीर्था गौतम, मीनासिंह रखाल र मोहनमाया ढकाल भण्डारी केन्द्रीय कमिटीमा निर्विरोध निर्वाचित भएका हुन् ।

पुरुषतर्फका ६ कोटाका लागि सात जनाको उम्मेदवारी परेको छ । निर्विरोध महिला केन्द्रीय कमिटी सदस्यको घोषणा भने औपचारिक रुपमा केन्द्रीय निर्वाचन आयोगले गरिसकेको छैन ।

जसअनुसार गुलाबजंग शाह, डम्बरबहादुर सिंह, धर्मराज रेग्मी, नागिन्द्र शाही (नेशनल), निरज आचार्य, योगेन्द्रबहादुर शाही, बिष्णु रिजालबीच ६ कोटाका लागि प्रतिस्पर्धा हुनेछ ।

कर्णाली प्रदेशबाट तीन महिला र ६ पुरुषसहित नौ जना केन्द्रीय कमिटीमा पुग्नु पर्नेमा सात जना पुरुषले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा हुने भएको हो । सातमध्ये एक जनाले पनि समयसीमाभित्र उम्मेदवारी फिर्ता लिएनन् भने कर्णालीमा पुरुष केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुनेछ ।