अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले १०औं महाधिवेशन

दलित र मधेसी महिलातर्फका १० केन्द्रीय सदस्य निर्विरोध

दलित र मधेसी महिलातर्फका १० केन्द्रीय सदस्य निर्विरोध


चितवन – एमालेको १०औं महाधिवेशनबाट दलित महिला सदस्यतर्फका चार जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार दलिततर्फका चार जना केन्द्रीय सदस्यमा विष्णुमाया विक, रामरतिदेवी राम, शिवकुमारी गोतमे र सविता रसाइली निर्विरोध निर्वाचित भएका हुन् ।  चार सदस्यमध्ये चार जनाको मात्र मनोनयन दर्ता भएका कारण उहाँहरू निर्विरोध निर्वाचित भएका हुन् ।

दलित पुरुषतर्फका आठ जना केन्द्रीय सदस्यमा ११ जनाको मनोनयन दर्ता भएको छ । मधेसी महिला क्लस्टरका ६ जना केन्द्रीय सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिकाअनुसार सो पदका लागि कमलादेवी महता, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी शाह, शिला यादव र सरिताकुमारी गिरी ९यादव०को मात्र मनोनयन दर्ता भएकाले उहाँहरू निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै, थारु क्लस्टरका खुला पाँच केन्द्रीय सदस्यमा ६ जनाको उम्मेदवारी परेको छ । थारु महिला क्लस्टरका दुई जना केन्द्रीय सदस्यका लागि तीन जनाले मनोनयन दर्ता गराएका छन् ।  मुस्लिमतर्फका चार केन्द्रीय सदस्यका लागि पाँच जनाको मनोनयन दर्ता भएको छ ।

जनजाति महिला क्लस्टरबाट निर्वाचित हुने आठ जना केन्द्रीय सदस्यका लागि नौ जनाको उम्मेदवारी दर्ता भएको छ । मधेसी क्लस्टरका १३ जना खुला सदस्यमा १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।