अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : सुदूरपश्चिममा कोही पनि निर्विरोध हुन सकेनन्

एमाले महाधिवेशन : सुदूरपश्चिममा कोही पनि निर्विरोध हुन सकेनन्


चितवन – नेकपा एमालेको १०औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि अन्य प्रदेशमा कम्तीमा महिला कोटामा सहमति हुँदा पनि सुदूरपश्चिममा भने महिला र पुरुष दुवै कोटामा सहमति हुन नसक्दा आन्तरिक प्रतिस्पर्धाको सम्भावना बढेको छ ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार सुदूरपश्चिमबाहेक अन्य ६ प्रदेशमा महिला कोटाका उम्मेदवार निर्विरोध भए पनि यो प्रदेश मात्रै हुन नसक्दा निर्वाचनको सम्भावना देखिएको हो ।

पुरुषतर्फका ६ र महिलातर्फका तीन गरी नौ कोटाका लागि सुदूरपश्चिममा मात्रै १४ जना उम्मेदवार छन्। जसमध्ये खुल्ला ६ मा नौ जना र महिला तीन जनाका लागि ६ महिला उम्मेदवार बनेका छन् ।

जसअनुसार खुला ६ का लागि सुदूरपश्चिममा राजेन्द्रसिंह रावल, अफिलाल ओखेडा, कृष्णप्रसाद जैसी, झपटबहादुर बोहोरा, दिपकप्रकाश भट्ट, नारायणमुनि रना, भैरवबहादुर सिंह, लीलाधर भट्ट, सहदेव बोगटीले उम्मेदवारी दिएका छन् ।

महिलातर्फका तीन पदका लागि कमलादेवी महरा, कुमारीकमला बोहरा, पशुपति कुँवर, मञ्जु मलामी, सन्तोष शर्मा थापाले उम्मेदवारी दिँदा खुला र महिला दुवैतर्फ प्रतिस्पर्धा हुने देखिएको हो । उम्मेदवारी फिर्ता लिने समयसम्म १४ मध्ये पाँचजनाले उम्मेदवारी फिर्ता नलिए प्रतिस्पर्धा हुनेछ ।