अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उम्मेदवारी दर्ताबाट निर्वाचन समितिलाई २१ लाख आम्दानी

एमाले उम्मेदवारी दर्ताबाट निर्वाचन समितिलाई २१ लाख आम्दानी


चितवन – नेकपा एमालेको निर्वाचन समितिले १०औं महाधिवेशनमा उम्मेदवारी शुल्कवापत मात्र २१ लाख २५ हजार रुपैयाँ उठेको छ ।

समितिले अध्यक्षका लागि १५ हजार, पदाधिकारी र आयोग पदाधिकारीका लागि १० हजार, र केन्द्रीय सदस्य तथा आयोग सदस्यका लागि पाँच हजार शुल्क तोकेको छ ।

३०१ सदस्यीय केन्द्रीय कमिटी र ५० सदस्यीय आयोगको सदस्यका लागि मात्र ३६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने आयोगसहित पदाधिकारीमा २८ जनाले उम्मेदवारी दिएका छन् । उनीहरुबाट आयोगले १८ लाख पाँच हजार रुपैयाँ शुल्क उठाएको छ ।

केन्द्रीय अध्यक्षका दुईजना प्रत्यासीबाट ६० हजार रुपैयाँ उठाएको छ । आयोगका ६ जनासहित केन्द्रीय कमिटीका २० जना पदाधिकारीबाट आयोगले दुई लाख ६० हजार रुपैयाँ शुल्क उठाएको छ ।

आयोगले उम्मेदवारी फिर्ता लिएपनि दर्ता गर्दा बुझाएको शुल्क फिर्ता नदिने भएकाले यो रकम निर्वाचन प्रयोजनका लागि खर्च गरिने निर्वाचन समितिले जनाएको छ ।