अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीबाट सुरु भयो एमालेको मतदान

अध्यक्ष ओलीबाट सुरु भयो एमालेको मतदान


चितवन – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अहिले बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्यासीद्धय केपी शर्मा ओली र डा भीमबहादुर रावललेसँगै विधुतीय मतदान गरि मतदान सुरु गर्नुभएको छ ।
निर्विरोध हुन नसकेका १० पदमा निर्वाचन भएको हो । एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार १० वटा पदमा मात्रै मतदान भैरहेको छ । जसमा केन्द्रीय सदस्यका लागि खुला, भौगोलिक र समावेशी समूह गरी ७ पदका र पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा ३ गरी १० पद रहेको छ । अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा हुँदैछ