काठमाडौं– नेकपा एमालेको चितवनमा जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन जारी छ ।
बिहान साढे १० बजेसम्ममा २१५३ मतदातामध्ये २०६९ जनाको मत खसेको छ । अब ८४ मत खस्न बाँकी रहेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिनुभयो ।
मतदान सकिएलगत्तै मतगणना कार्य सुरु हुने सुब्बाको भनाइ छ । मुचुल्का उठाएर मतगणनाको प्राविधिक काम सुरु हुनेछ ।
विद्युतीय प्रणालीबाट मतदान भएकाले मतदान सकिएको चार घण्टाभित्रै अन्तिम नतिजा आउनेछ ।





प्रतिक्रिया