अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कास्कीमा बस दुर्घटना हुँदा चालकको मृत्यु, आठ जना घाइते

कास्कीमा बस दुर्घटना हुँदा चालकको मृत्यु, आठ जना घाइते


पोखरा – कास्कीमा यात्रवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा भैरहवाबाट बागलुङका लागि छुटेको बस सडकबाट ३० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका बस चालक पाल्पाका भुपनाथ खनालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बागलुङका शिवराम शर्मा, कृष्ण खड्का, राजु श्रेष्ठ, उमलाल श्रेष्ठ, सुवर्ण सापकोटा,  पर्वत फलेवासका सूर्य तिवारी, चितवन भरतपुरका साधना उपाध्याय, दुर्घटनास्थल पाउदुरकी माया विक घाइते भएका कास्की प्रहरी प्रवक्ता सुन्दरमणी तिवारीले जानकारी दिनुभयो ।

घाइतेहरुको पोखरास्थित फिस्टेल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।