चितवन- एमालेको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
मंगलबार बिहान ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ९५ जनाले मत दिएका निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार एक घण्टापछि मत गणना हुने र चार घण्टामै परिणाम आउनेछ ।
दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो ।







प्रतिक्रिया