अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतदान लम्बिए पनि प्रतिनिधिको व्यवस्थापन गरिएको छः योगेश भट्टराई

मतदान लम्बिए पनि प्रतिनिधिको व्यवस्थापन गरिएको छः योगेश भट्टराई


चितवन– नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मतदान लम्बिए पनि प्रतिनिधिको व्यवस्थापन गरिएको बताउनुभएको छ ।

महाधिवेशनस्थलमा पत्रकारहरुसित कुरा गर्दै उहाँले आजसम्मका लागि प्रतिनिधिको व्यवस्थापन गरिएको बताउनुभयो । आजदेखि अफिसियल बाहेकलाई बस्ने व्यवस्था नगरिएको उहाँको भनाइ छ ।

भट्टराईले आज दिउँसोसम्ममा अन्तिम नतिजा आउने जानकारी दिनुभयो ।

बिहान साढे १० बजेसम्ममा २१५३ मतदातामध्ये २०६९ जनाको मत खसेको छ । अब ८४ मत खस्न बाँकी रहेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिनुभयो ।

मतदान सकिएलगत्तै मतगणना कार्य सुरु हुने सुब्बाको भनाइ छ । मुचुल्का उठाएर मतगणनाको प्राविधिक काम सुरु हुनेछ ।

विद्युतीय प्रणालीबाट मतदान भएकाले मतदान सकिएको चार घण्टाभित्रै अन्तिम नतिजा आउनेछ ।