चितवन- एमाले अध्यक्षका प्रत्यासी भीम रावलले मतणनालगत्तै पत्रकारहरुलाई प्रतिक्रिया दिन अस्वीकार गर्नुभएको छ ।
सौराहामा भएको महाधिवेशनस्थलमा मतदान सकिएलगत्तै पत्रकारबाट घेरिनुभएका रावलले तीन कुरा भने स्पष्ट पार्नुभयो । रावलले आफूले पार्टी नछाड्ने, केन्द्रीय सदस्य निर्वाचित भए पनि स्वीकार नगर्ने र निर्वाचन परिणाम स्वीकार गर्ने बताउनुभयो ।
नवौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित हुनुभएका रावलले अन्तिम मतपरिणाम सार्वजनिक भएपछि महाधिवेशनबारे आफ्ना धारणा सार्वजनिक गर्ने जानकारीसमेत दिनुभएको छ ।
दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशनमा दुई हजार ९५ जनाले मत दिएका छन् ।
एक घण्टापछि मत गणना हुने र चार घण्टामै परिणाम आउनेछ ।







प्रतिक्रिया