चितवन – नेकपा एमोको दशौँ राष्ट्रिय महाधिवेशनको नतिजा सार्वजनिक भएको छ । १०औँ महाधिवेशनबाट सात जना सचिव विजयी भएका छन् ।
चितवनमा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट र गोकर्ण विष्ट विजयी भएका हुन् । निर्वाचित भएका सातमध्ये सचिव गोकर्ण विष्टले लोकप्रिय मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन आयोगका अनुसार सचिवमा गोकर्ण विष्टले १९७६, योगेश भट्टराई १९६४, छविलाल विश्वकर्मा १८००, पद्मा अर्याल १८००, लेखराज भट्ट १७०४, टोपबहादुर रायमाझी १७००, रघुबीर महासेठ १५१३, टंक कार्की ५००, भीम आचार्यले १३०० मत प्राप्त गरेका छन ।
सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।







प्रतिक्रिया