चितवन- दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवलपुरको धौवादीस्थित फलाम खानी जाने तयारी गर्नु भएको छ ।
राती अबेरसम्म केन्द्रीय कमिटीको सपथ ग्रहण र बैठक सकेपछि नवालपुरका संघीय सांसद एवं केन्द्रीय सदस्य तिलक महतलाई ओलीले धौबादी जाने इच्छा व्यक्त गर्नुभएको थियो ।
महतका अनुसार धौबादी जाने सडक मार्ग बर्खामा ठाउँठाउँमा पहिरो गएर अवरुद्ध भएकोले हाल त्यसको अवस्था के छ भन्ने कुरा सडक विभाग र प्रहरीले जानकारी लिने काम बिहानै देखि गरिरहेका छन् । ‘सडकको अवस्था बुझ्दैछौं,’ महतले भन्नुभयो, ‘अध्यक्षज्यूले फलाम खानी क्षेत्र हेर्न जानु भन्नुभएको छ । सकेसम्म हामी लैजाने तयारी गर्दैर्छौं ।’
ओली पहिलो पटक प्रधानमन्त्री भएकै बेला धौवादी फलाम खानी उत्खननको घोषणा गर्नुभएको थियो । उहाँ दोस्रो पटक प्रधानमन्त्री भएपछि धौबादी फलाम कारखाना लिमिटेड गठन गर्नुभएको थियो ।





प्रतिक्रिया