अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनले भीडभाड भएको सौराहा सुनसान हुन थाल्यो

एमाले महाधिवेशनले भीडभाड भएको सौराहा सुनसान हुन थाल्यो


चितवन– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन सकिएसँगै आज बिहानदेखि सौराहा सुनसान हुन थालेको छ ।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकपछि कतिपय नेता कार्यकर्ता गएराति नै फर्कनुभएको थियो । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्राविधिक कामका लागि खटिएका कर्मचारी र नेता कार्यकर्ताबाहेक प्रतिनिधिहरु फर्किएको बताउनुभयो ।

एमालेले मंगलबारसम्मको मात्र होटल र खानाको प्रबन्ध गरेको थियो । मंसिर १० देखि १२ का लागि तोकिएको महाधिवेशन दुई दिन लम्बिएको थियो ।

एमाले महाधिवेशनले सौराहामा अहिलेसम्मकै भीड भएको सौराहा क्षेत्रका रत्ननगर वडा नम्बर ६ का वडाध्यक्ष बलराम दाहालले जानकारी दिनुभयो ।