अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चमा पहिलो पटक गोला प्रथाबाट पेशी

सर्वोच्चमा पहिलो पटक गोला प्रथाबाट पेशी


काठमाडौं- सर्वोच्च अदालतमा आज गोला प्रथाबाट पेशी तोकिएको छ । बुधबार सर्वोच्चमा गोला प्रथाबाट दुई एकलसहित ११ इजलासमा २१७ मुद्दामा पेशी तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

गोला प्रथाबाट तोकिएको इजलासमा न्यायाधीशद्वय दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलास परेको छ ।

यसैगरी न्यायाधीशद्वय हरिकृष्ण कार्की र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठ, विश्वम्भरप्रसाद श्रेष्ठ र वमकुमार श्रेष्ठ, आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्मा, अनिल कुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाल,सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगना तथा तेजबहादुर केसी र नहकुल सुवेदीका लागिसंयुक्त इजलार गठन भएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । साथै न्यायाधीशद्वय मीरा खड्का र डा. कुमार चुडालको लागि एकल इजलास गठन भएको छ ।

उहाँका अनुसार बुधबारका लागि १८ न्यायाधीश सर्वोच्चमा उपस्थित हुनुभएको छ । साथै उहाँहरुले सुनुवाइ शुरु गरिसक्नुभएको ढकालले बताउनुभयो ।