अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य तोलामा चार सय घट्यो, चाँदीको पनि मूल्य घट्यो

सुनको मूल्य तोलामा चार सय घट्यो, चाँदीको पनि मूल्य घट्यो


काठमाडौं – आज साताको चौथो कारोबार दिन (बुधबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार नौ सय रुपैयाँ कायम भएकोमा आज चार सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।

आज छापावाल सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार दुई सय पाँच रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।