अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनमा नगएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी

एमाले महाधिवेशनमा नगएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी


काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनुभएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा शुभकामना दिन प्रचण्ड पुग्नुभएको हो ।

६ दिनअघि भएको एमालेको १०औँ महाधिवेशनमा सहभागी नभएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी हुन पुगेका हुन् ।

१० मंसिरमा भएको एमाले महाधिवेशन उद्घाटन सत्रमा आफू नगएर लिलामणि पोखरेललाई पठाएका प्रचण्डले बुधबार भइरहेको राप्रपाको उद्घाटन सत्रमा सहभागी भएका हुन् ।