अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्षको दौडबाट पछि हट्न कमल थापालाई लिङ्देनको आग्रह

अध्यक्षको दौडबाट पछि हट्न कमल थापालाई लिङ्देनको आग्रह


काठमाडौं – राप्रपाका महामन्त्री तथा अध्यक्ष पद उम्मेदवार राजेन्द्र लिङ्देनले वर्तमान नेतृत्वले पार्टीकै अस्तित्व संकटमा पारेको आरोप लगाएका छन् ।

भृकुटीमण्डपमा भइरहेको राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले पार्टीले तीन प्रतिशतसम्म मत ल्याउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेकोमा रोष व्यक्त गर्नुभयो ।

सरकारमा जाने र पार्टीको हैसियत गिराउने कामले राष्ट्रिय पार्टी बन्न नसकेको बताउँदै उहाँले कमल थापालाई अध्यक्षको दौडबाट हटेर आफूलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर जबराले आफूलाई समर्थन गरिसकेको घुमाउरो शैलीमा जानकारी दिँदै लिङ्देनले अध्यक्षत्रयको पार्टीमा अझै भूमिका रहेको भए पनि नेतृत्व नयाँ पुस्तामा जानुपर्ने बताउँदै आफूलाई सहयोग गर्न थापासँग आग्रह गर्नुभयो ।