काठमाडौं – नेकपा मालेका महासचिव सीपी मैनालीले नेपालका हरेक राजनीतिक परिवर्तनमा विदेशी हस्तक्षेप भएको बताउनुभएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको राष्ट्रिय महाधिवेशनमा बोल्दै मैनालीले विदेशी हस्तक्षेपलाई बुझेर खारेज गर्ने कुरामा नेपालका नागरिक स्तरका नेताले आँट नगरेको बताउनुभयो । राजा महेन्द्र मात्रै विदेशी हस्तक्षेप विरुद्ध लड्ने एकमात्र राष्ट्रवादी भएको उहाँले बताउनुभयो ।
२०४६ सालको परिवर्तनमा पनि बाह्य अवान्छित हस्तक्षेपको प्रभाव भएको उहाँले बताउनुभयो । माओवादीले चलाएको सशस्त्र द्वन्द्व पनि विदेशी अवान्छित तत्वकै हस्तक्षेप भएको उहाँले दाबी गर्नुभयो। उहाँले जनगणतन्त्र ल्याउन नसकेकोमा प्रचण्डले आत्माआलोचना गर्नुपर्ने बताउनुभयो । प्रचण्डलाई विदेशीले भारी बोकाएर पठाएको पनि उहाँले दाबी गर्नुभयो । ‘अवान्छित बाह्य हस्तक्षेप र प्रभावहरुले हामीलाई कज्यायो’, उहाँले भन्नुभयो ।





प्रतिक्रिया