अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपासँग माओवादी केन्द्रको गोत्र मिल्छः प्रचण्ड

राप्रपासँग माओवादी केन्द्रको गोत्र मिल्छः प्रचण्ड


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपासँग आफ्नो गोत्र मिल्ने बताउनुभएको छ ।

काठमाडौंमा आजदेखि सुरु भएको राप्रपाको एकताको महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले राप्रपासँग आफ्नो कुरा मिल्ने बताउनुभयो । ‘राप्रपासँग माओवादी केन्द्रको गोत्र मिल्छ भन्नुको पछाडि विविधतमा एकताको पक्षमा हामी दुवै छौं,’ उहाँको भनाइ थियो ।

फरक विचारलाई पनि सम्मान गर्ने पद्धति राप्रपा र माओवादी केन्द्रको एकै रहेको उहाँको भनाइ थियो, प्रचण्डले अझै पनि राजनीतिक दलबीच अन्तरसंवादलाई घनिभूत बनाउनुपर्नेमा जोड दिनुभयो ।

आफ्नै गृहजिल्लामा भएको नेकपा एमालेको महाधिवेशनमा नजानुभएका प्रचण्ड राप्रपाको महाधिवेशनमा पनि शुभकामना दिन पुग्नुभयो ।