अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत


सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाउनुभएको हो ।

प्रदेश सभा बैठकमा उहाँको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गर्नुभयो । मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपा नेपालले समर्थन गरेको छ ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका ६, माओवादी केन्द्र १२, नेकपा एकीकृत समाजवादी तीन र राप्रपा नेपालका एक जना सांसद छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि विपक्षमा भने मत नै परेन् ।

राप्रपाको पनि समर्थन

पहिलो पटक राप्रपा नेपालले मुख्यमन्त्री शाहीलाई समर्थन दिएको छ । राप्रपा सांसद शोसिला शाहीले कर्णालीका मुख्यमन्त्रीलाई परिणाममुखी काम गर्न समर्थन गरेको बताउनुभयो । ‘हामीले पाँच वर्षसम्मका लागि अघिल्लो सरकारलाई समर्थन गर्‍यौँ। तर, परिणाम आउन सकेन । अघिल्लो सरकार जस्तो नहोस् । यो सरकारले परिणाममुखी काम गर्न मुख्यमन्त्रीलाई आग्रह गर्दैछु,’  मत दिएपछि उहाँले भन्नुभयो ।