अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पीसीआर रिपोर्टबिना मुस्ताङ जान रोक

पीसीआर रिपोर्टबिना मुस्ताङ जान रोक


मुस्ताङ – मुस्ताङ प्रशासनले कोरोनाको पीसीआर नेगेटिभ रिपोर्ट बिना जिल्ला प्रवेशमा रोक लगाएको छ ।  कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त नयाँ भेरिएण्ट ओमिक्रोन भित्रन नदिन रोक लगाएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार यो नियम आज राति १२ बजेपछि मंसिर १९ गतेसम्म लागू हुनेछ। पर्यटकहरूको लागि सात दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप कार्ड अनिवार्य गरिएको छ।

तर, मुस्ताङमा स्थायी बसोबास गर्दै आएकाहरू, पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीहरूको लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।

व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार लगायतका भीडभाड हुने खालका कार्यक्रमहरू नगर्न आदेश पनि दिएको प्रजि शर्माले बताउनुभयो ।