काठमाडौं– नेकपा एमालेका नवनिर्वाचित महासचिव शंकर पोखरेलले आफूले महासचिव पद बाजी मारेको रुपमा बुझ्न नमिल्ने बताउनुभएको छ ।
सहमतिमा नेतृत्व चयन गर्दा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई महासचिवको जिम्मेवारी दिनुभएको पोखरेलको भनाइ छ । ‘अध्यक्षसँग निकटता विभिन्न कोणबाट विभिन्न व्यक्तिहरु हुनुहुन्थ्यो,’ उहाँले रेडियो कान्तिपुरको कार्यक्रम दी हेडलाइनर्ससँग बिहीबार बिहान भन्नुभयो, ‘मलाई अध्यक्षले महासचिवको जिम्मेवारी प्रदान गर्नुभयो, बाजी मारेको भने बुझ्न भएन ।’
महासचिव पोखरेलले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर आफूले भूमिका खेलेको स्मरण गर्दै पोखरेलले महासचिव व्यवस्थापकीय काम भएकाले केही असहजता हुने उल्लेख गर्नुभयो ।
पोखरेलले भीम रावल र घनश्याम भूसालहरुले कार्यकर्ताको भावना बुझ्न नसकेको टिप्पणीसमेत गर्नुभयो ।
माओवादीबाट आउनुभएका, १० बुँदे सहमति गरेर आउनुभएकाहरुलाई एकताबद्ध गरेकाले महाधिवेशन एकतासहित टुंगिएको पोखरेलको भनाइ छ ।







प्रतिक्रिया