काठमाडौं – अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गर्नुभएको छ ।
काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उहाँले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको उहाँले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताउनुभयो । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उहाँको भनाइ छ ।
राप्रपामा तीन महामन्त्री पदको व्यवस्था छ । जसमध्ये एक जनाा अनिवार्य महिला हुनुपर्ने व्यवस्था छ । त्यसैले रेखा थापाले महिला कोटामा उम्मेदवारी दिन लाग्नुभएको हो । लिङदेन प्यानलबाट एक पुरुष महामन्त्रीका लागि धवल शम्शेर राणाको उम्मेदवारी पहिल्यै तय भइसकेको थियो ।
रेखा हाल राप्रपाको केन्द्रीय सदस्य हुनुहुन्छ । यदि महामन्त्रीमा निर्वाचित हुनुभयो उहाँको राजनीतिक छलाङ मानिनेछ । कमल थापा प्यानलबाट कुन्ती शाही महिला महामन्त्रीको आकांक्षी हुनुहुन्छ । त्यसैले रेखा र शाहीबीच महामन्त्रीमा प्रतिस्पर्धा हुन सक्छ ।





प्रतिक्रिया