न्युयोर्क – गत वर्ष राष्ट्रपतिको निर्वाचनअघि आयोजित बहस कार्यक्रम अगाडि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोभिड भएको खुलासा भएको छ । आफ्ना प्रतिद्धन्द्धी जोन बाइडेनसँगको बहसमा ट्रम्पलाई कोभिड भएको उनका तत्कालिन चीफ अफ स्टाफ मार्क मिडोजले लेखेको पुस्तकमा उल्लेख छ ।
मिडोजको संस्मरणात्मक पुस्तक द चिफ्स चिफमा उल्लेख भएअनुसार ट्रम्पमा गंम्भीर लक्षण देखिएको थियो । केही दिनपछि परीक्षण गर्दा उनको नेगेटिभ रिपोर्ट देखिएको थियो ।
२६ सेप्टेम्बरमा पेन्सेल्भेनियामा आयोजित एउटा चुनावी ह्ययालीमा जाने क्रममा ट्रम्पलाई कोभिड देखिएको थियो
निको भएपछि २ अक्टोबरमा ट्रम्पले आफू र पत्नि मेलानियालाई कोभिड भएको ट्विटमार्फत जानाकारी दिएका थिए । आफूले सजिलै कोभिड जितेको उहाँले दाबी गर्नुभयो । तर, नेगेटिभ रिपोर्टका बाबजुद उहाँलाई निकै असजिलो महसूस भएको थियो । कोभिड भएपछि उहाँलाई भोलिपल्ट नेसनल मिल्ट्री मेडिकल अस्पतालमा भर्ना गरिएको थियो ।
दोस्रो परीक्षण गरिएको तीन दिनपछि बाइडेनसँगको बहस भएको थियो । – एजेन्सी
प्रतिक्रिया