अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क

राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क


काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षका लागि उम्मेदवारी शुल्क रु.१ लाख तोकिएको छ ।

यस्तै केन्द्रीय उपाध्यक्ष पदका लागि रु.७५ हजार तोकिएको छ । यसैगरी महामन्त्रीका लागि रु.५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ तोकिएको छ ।

बुधबार सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुँदैछन् ।

निर्वाचन समितिका अनुसार शुक्रबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु हुनेछ । बिहीबारसम्म मतदाता नामावली प्रकाशन गर्ने र शुक्रबार निर्वाचन कार्यक्रम सुरु गर्ने समितिको तयारी छ ।