काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारी गरेको छ । बोर्डका अनुसार सकभर आज नभए भोलीसम्म नतिजा प्रकाशित गर्ने बताएको छ । बोर्डले आज बैठक बोलाएको छ । बैठकमा परीक्षाको सबै तयारीको अवस्थाबारे तयार गरीएको (डमी) देखाउने र डमी ठीक भएपछि परीक्षाफल प्रकाशित गर्ने तयारी छ ।
बोर्डका अनुसार डमीमा केही समस्या भए भोलीसम्म परीक्षाफल प्रकाशित गरिने छ । भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा परीक्षामा परीक्षामा ३ लाख ७५ हजार विद्यार्थी सहभागी छन् ।
प्रतिक्रिया