अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस प्रदेश अधिवेशन : सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क

कांग्रेस प्रदेश अधिवेशन : सभापतिको उम्मेदवार बन्न ९१ हजार शुल्क


पोखरा – नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा रु.९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको व्यानरमा सभापति उम्मेदवारका लागि रु.९१ हजार शुल्क लाग्ने उल्लेख गरिएको छ ।

यस्तै उपसभापतिको उम्मेदवारले रु.६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार र सदस्यको उम्मेदवारले ३१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने उम्मेदवारी दस्तुरमा उल्लेख गरिएको छ ।

बिहीबार कांग्रेसको प्रदेश अधिवेशन भइरहेको छ ।