काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा कमल थापा र राजेन्द्र लिङ्देनले पदाधिकारीमा लड्ने उम्मेदवारको नाम टुंगो लगाएका छन् ।
थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानलाई उपाध्यक्षको उम्मेदवारको रुपमा टुंगो लगाएका छन् भने महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार छन् । त्यस्तै महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ ।
यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ भने महामन्त्रीमा डा.धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लगाएको छ ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ भने अध्यक्षमा थापा र लिङ्देन भिड्दैछन् ।





प्रतिक्रिया