अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘घनश्याम भूसालको चाहना उपमहासचिवमै दोहोरिने थियो’

‘घनश्याम भूसालको चाहना उपमहासचिवमै दोहोरिने थियो’


काठमाडौं– एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमा पराजित नेता घनश्याम भूसालले उपमहासचिवमै दोहोरिने इच्छा राखेको एक नेताले खुलासा गर्नुभएको छ ।

एक टेलिभिजन अन्तर्वार्तामा नवनिर्वाचित उपाध्यक्ष सुरेन्द्र पाण्डेले भूसालले उपमहासचिवमै दोहोरिने इच्छा राखेको बताउनुभएको हो । ‘घनश्याम भूसालले फेरि पनि उपमहासचिवमै रहने भन्नुभएको थियो, तर अध्यक्ष केपी शर्मा ओलीले टिम बनाउँदा उहाँ पर्ने स्थिति रहेन,’ उहाँको भनाइ थियो, ‘पछि उहाँ उपाध्यक्ष उठ्छु भन्नुभयो ।’

अध्यक्षमा पराजित भीम रावललाई भने ओलीले उपाध्यक्षमा व्यवस्थापन गर्न चाहनुभएको पाण्डेको भनाइ छ ।

अध्यक्ष मण्डलका अध्यक्ष ओलीले रावललाई उपाध्यक्षमा राखे पनि अस्वीकार गरेपछि चुनावको स्थिति बनेको थियो । तर, सर्वसम्मत प्रस्तावलाई चुनौति दिने रावलसहित पदाधिकारीमा भूसाल, भीम आचार्य र टंक कार्की पराजित भएका थिए ।

केन्द्रीय सदस्यमा लडेका अधिकांश नेताहरु पनि पराजित भए ।