काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही महिनामै स्थानीय तहको चुनाव हुने बताउनुभएको छ ।
प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै सभापति देउवाले केही महिनामै स्थानीय तहको निर्वाचन हुने भएकाले तयारीमा रहन कार्यकर्तालाई अपिल गर्नुभयो । उहाँले एक वर्षभित्र संघ र प्रदेशको चुनावमा जाने भएकोले तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
सभापति देउवाले पार्टीका सबै नेता कार्यकर्ताहरूलाई एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिनुभयो ।





प्रतिक्रिया