अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पदबहालीमा अध्यक्ष ओलीका दुई सन्देश– ताजा जनादेशमा जाऊँ, गठबन्धनले देश चल्दैन

पदबहालीमा अध्यक्ष ओलीका दुई सन्देश– ताजा जनादेशमा जाऊँ, गठबन्धनले देश चल्दैन


काठमाडौं– नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशमा जानुपर्नेमा पुनः जोड दिनुभएको छ ।

पार्टी कार्यालय थापाथलीमा शुक्रबार दिउँसो पदबहाली गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले देश नचल्ने भएकाले ताजा जनादेशमा जानुको विकल्प नभएको बताउनुभयो ।

‘गठबन्धनले देश चलेको छैन । यो अनियमितता, बेथिति देशले लामो समय थेग्न सक्दैन, छिटोभन्दा छिटो ताजा जनादेशमा जाउँ,’ उहाँको भनाइ थियो, ‘देशको समय बर्बाद गर्नु उचित हुँदैन ।’

अध्यक्ष ओलीले सरकारले हरेक क्षेत्रलाई निकम्मा बनाएको र लोकतन्त्रका आधारलाई भत्काउने काम गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले सरकारले मंसिर २४ देखि बोलाएको संसद बैठक फेरि पनि चल्न नदिने बताउनुभयो ।

माधवकुमार नेपाललगायत कारबाही गरिएका सांसदलाई संसदमा प्रवेश दिएकोमा पुनः असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष ओलीले संसद चल्न नदिने बताउनुभएको हो ।