अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा महाधिवेशन

कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता

कमल थापा र राजेन्द्र लिङ्देनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता


काठमाडौं – कमल थापा र राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

भृकुटीमण्डपमा जारी महाधिवेशनमा शुक्रबार दिउँसो साढे १ बजेसम्म थापा र लिङ्देनको मात्र अध्यक्षमा उम्मेदवारी परेको निर्वाचन अधिकृत राजु बस्नेतले जानकारी दिनुभयो ।

चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी दर्ता गरेका छन् ।

एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ ।

सदस्यमा १४१ मध्ये २६४ जनाको उम्मेदवारी परेको बस्नेतले बताउनुभयो । थापा र लिङ्देनले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् ।

अध्यक्षको मतपत्र र पदाधिकारीसहित सदस्यको विद्युतीय मेसिनबाट गर्ने सहमति भएको बस्नेतले बताउनुभयो । प्रारम्भिक नामावली २ बजे प्रकाशित हुनेछ ।