अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवाको चारवटा गाउँपालिकामा मतदाता नामावली संकलन सुरू

रसुवाको चारवटा गाउँपालिकामा मतदाता नामावली संकलन सुरू


रसुवा – रसुवाको चारवटा गाउँपालिकामा फोटोसहितको मतदाता नामावली संकलनको कार्य सुरु गरिएको छ। जिल्ला निर्वाचन कार्यालय रसुवाले दर्ता कर्मचारी खटाई आज शुक्रबारदेखि मतदाता नामावली संकलनको कार्य सुरू गरेको हो ।

जिल्लाको नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा मतदाता नामावली संकलनको कार्य सुरू भएको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी विनिता भट्टराईले जानकारी दिनुभयो ।

यी दुई गाउँपालिकामा अबको १० दिनसम्म मतदाता नामावली संकलन गरिने भएको छ । त्यसैगरी जिल्लाको उत्तरगया र कालिका गाउँपालिकामा भने २९ मंसिरदेखि मतदाता नामावली संकलनको कार्य सुरु हुने उहाँले बताउनुभयो ।

मतदाता नामावली संकलनका लागि दर्ता कर्मचारी, दर्ता स्थल व्यवस्थापक र सहायक दर्ता कर्मचारी र दर्ता स्थल सहयोगि खटाइएको उहाँले बताउनुभयो । दर्ता कर्मचारीलाइ तालिम दिएर खटाइएको बताइएको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय भएको गोसाइँकुण्ड गाउँपालिकामा भने मतदाता नामावली संकलनको काम अभियान स्वरुप अघि नबढाइने भएको छ ।

निर्वाचनको मिति घोषणा नभएसम्म जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय रसुवामा निरन्तर मतदाता नामावली संकलनको कार्य हुने जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । स्थानिय तथा संघमा निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल पनि सकिँदैछ ।

रसुवामा ४ चैत २०७७  प्रकाशित अन्तिम मतदाता नामावली अनुसार जिल्लामा ३४ हजार ८५१ जना मतदाता छन् ।